शुभ नारायण यादव,
राजविराज, ०२ साउन ।
सप्तरी लगायत तराई मधेसका जिल्लाहरुमा केही समयदेखि वर्षा नहुदाँ किसानहरुले यस वर्ष वर्षा र सिंचाइ गरेर ७५ प्रतिशत जग्गामा धान रोपाँइ सम्पन्न गरेका छन् ।
लामो समय देखि वर्षा नभए पछि यहाँका किसान मोटर तथा अन्य बैकल्पिक उपकरणबाट ंिसचाईको व्यवस्था गरेर रोपाँइ गरिरहेका छन भने कतिपय किसान अझै आकाशे पानीको प्रतिक्षामा रहेको छ ।
कृषि ज्ञान केन्द्र सप्तरी राजविराजका प्रमुख राजेन्द्र प्रसाद यादवले पर्याप्त वर्षा नहुँदा जिल्लामा शतप्रतिशत रोपाँइ हुन नसेको बताउँदै रसायनिक मल पनि समयमा नपाउँदा रसायनिक मल बिनानै धान रोपाँइ भएको बताउनु भयो ।
सप्तरीमा कुल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ७२ हजार हेक्टर कुल क्षेत्रफल जग्गामा वर्षे धान र ३ सय हेक्टर क्षेत्रफलमा चैते धान हुदै आइएको छ ।