शुभ नारायण यादव,
राजविराज ,०८ असार ।
देवी प्रकोपबाट पिडित परिवारलाई बर्षौ देखि समाजसेवी इन्जिनियर सुर्य नारायण यादवले सदैव राहत वितरण गर्दै डाक्नेश्वरीको पातोमा भएको आगलागीबाट अग्निपिडित परिवारलाई पुनः राहत वितरण गरेको छ ।
अग्नि पिडित परिवारलाई दुःखको घडीमा केही न केही सहयोग हुने भावनाले धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा राहत वितरण गरेका हुन । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न. –५ पातोका अग्निपीडित राम सुन्दर यादवलाई राहत स्वरुप भाडाकुडा,लुगाफांटा,त्रिपाल,झुल लगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिएका छन । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण कुमार देव र परिषद सदस्य बृजमान तामांगले संयुक्त रूपमा राहत समेत वितरण गरेको छ ।
उक्त राहत वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण कुमार देव, आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष एवम् न्यूज टुडेका कार्यकारि सम्पादक बृजमान तामांग, समाजसेवी दिपेंद्र कुमार यादव,स्टांप नर्स द्वय अंजलि यादव र आकृति थापा सहितको उपस्थिति रहेको थियो ।