शुभ नारायण यादव,
राजविराज, २३ जेठ ।
करेन्ट लागेर सप्तरीमा एक महिलाको मृत्यु भएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर मृत्यु भएको हो ।
दिउँसो पंङ्खा चलाउनको लागि मल्टीपल्ग जोडने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते घाइते भएकी थिइन् ।
स्थानीय मेडिकल कठौनामा उपचार हुन नसकेपछि थप उपचारको लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पताल ल्याइएको तथा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।