शुभ नारायण यादव सप्तरी ,१६ मङ्सिर । सप्तरी क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चाेैधरिले थारु समुदायकाे संस्कृतिलाइ थप संरक्षण सम्बद्घन गर्नुपर्नेमा जाेड दिनुभएको छ । शम्भुनाथ प्रगतिशिल युवा क्लव सिरकजरिकाे सहयाेग तथा शम्भुनाथ नगरपालिका ४ थारु कल्याणकारणि सभाकाे आयाेजनामा आज सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.४ सखुवामा आयाेजित तेस्रो सामा चकेवा महाेत्सव २०७७ काे अवसरमा प्रमुख अतिथिकाे आसन्नबाट बाेल्नुहुदेै उहाले साे कुरा बताउनुभएको हाे । उहाले सामा चकेवा जस्तो महान पर्व सामा चकेवा थारु समुदायकाे ठुलाे ऐतिहासिक पर्व रहेकाले यसलाई संरक्षण सम्बर्द्धन गर्नका लागि स्थानीय ,प्रदेश तथा केन्द्रीय सरकार समेतलाई सहयाेग गर्नुपर्नेमा जाेड दिनुभयाे ।
वडा न.४ का वडाअध्यक्ष अरुण कुमार चाेधरिकाे अध्यक्षतामा आयाेजित साे महाेत्सवमा पुर्व वेैज्ञानिक भुमि सुधार आयाेगका सदस्य बिनाेद कुमार चाेैधरि ,सजपाका केन्द्रीय सदस्य दिनेश कुमार यादव ,पुर्व सासद दानालाल चाेैधरि ,जगदिश साह ,छेदि लाल चाेैधरि ,थारु कल्याणकारणि सभाका केन्द्रीय सदस्य दिल कुमारि चाेैधरि ,९ न. वडाक वडाअध्यक्ष मनाेज चाेैधरि ,समाजसेवि सन्जिव कुमार साह ,राम सागर विश्वकर्मा ,पुरुषाेतम चाेैधरि लगायतकाहरुले थारु समुदायकाे महान पर्व सामा चकेवा ,जितिया लगायतलाई उचित संरक्षण सम्बद्धन गर्नुपर्ने बताउनुभयाे । उक्त कार्यक्रममा थारु समुदायकाे महान चाड सामा चकेवा पर्वकाे विभिन्न डाला सहित संसकृती झलकिने गरि नाच गान प्रस्तुति गरेकाे थियाे ।