भूपदेव माली
जेष्ठ २१ गते/ राजबिराज
नेपाल शिक्षक महासंघ सप्तरी द्वारा शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुखलाई जिल्लामा ब्याप्त शैक्षिक अराजकता बारेमा साक्षात्कार गराएका छन्।
जिल्लामा सामुदायिक एवं संस्थागत विद्यालयका प्र.अ. एवं प्रिन्सिपलहरुले नया शिक्षा ऐनमा भएको मापदण्ड विपरित विद्यालयमा सर्टिफिकेट विना नै विद्यार्थीलाई भर्ना गराउने, कक्षा संचालन अनुमति प्राप्त भन्दा माथिल्लो कक्षा सम्मका विद्यार्थीलाई भर्ना गराई कक्षा संचालन गर्ने जस्ता अवैधानिक शिक्षा प्रकृयालाई अन्त्ये गर्न सो साक्षात्कार गराएका हुन्।
जिल्लामा सामुदायिक एवं संस्थागत विद्यालयका प्रधानाध्यापक/ प्रिन्सिपल द्वारा भैरहेको अराजक गतिविधिलाई सुधार गर्ने तर्फ प्रयास गरेका सो साक्षात्कार डेलिगेसन कार्यक्रममा प्याब्सन सप्तरी, नेपाल प्याब्सन,एन प्याब्सन सप्तरीका प्रतिनिधि हरु देवानन्द चौधरी,बौकु साह,देवनाथ यादव, नेपाल शिक्षक महासंघ सप्तरी का दिनेश कुमार यादव समेत सहभागी भएका थिए।
नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य दिनेश कुमार यादवले शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख विजय कुमार मण्डललाई कार्यालयका कर्मचारी बिच जिल्लामा ब्याप्त शैक्षिक अराजकता बारेमा जानकारी दिए पश्चात आउँदो सोमबार सप्तरीको पुरानो नगरपालिका राजबिराजका प्रमुखलाई र त्यस पछि जिल्ला का सम्पूर्ण पालिकामा डेलिगेसन सहित शिक्षा प्रकृयालाई सुधार गर्न छलफल गर्ने जनाएको छ।