शुभ नारायण यादव,
राजविराज, २१ जेष्ठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१४ रम्पुरा मल्हनियाँ स्थित कोशी बाँधमा सशस्त्र प्रहरीले अबैध गाई ÷बस्तु बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी कोइलाडी बरसाईनको टोलीले अवैध रुपमा चोरी तस्करी गरी नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले चार थान गाइ बरामद गरेको हो । उक्त गाई अबैध रुपमा नेपालबाट भारततर्फ चोरी निकासी गरिरहेको अवस्थामा १५ हजार मूल्य बराबरको अवैध गाई बरामद गरेको तथा तस्कर फरार भएको सशस्त्र प्रहरीले जनाए ।