शुभ नारायण यादव सप्तरी ,१८ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाउ कार्यपालिकाकाे अाज सम्पन्न निर्वाचनबाट कार्यापालिका सदस्य चयन गरिएको छ । सम्पन्न मतदानबाट छिन्नमस्ता कार्यपालिकाकाे दलित / अल्पसंख्यक सदस्यमा लाेसपाबाट तिर्थ नारायण राय तिलकले २५ मत र नेकपा एमालेबाट विलेक्षण रजकले २४ मत ल्याएर विजयी भएको छ । यस्तै महिला सदस्यहरुमा लाेसपाकि जानकी देवी राम २६ मत , नेकपा एमालेबाट गाववती दास २५ मत एमालेबाटे बिना देवी शर्मा २४ मत र जनमत पार्टीबाट जसाे देवि राउतले २३ मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिए । छिन्नमस्ता गाउँ कार्यपालिकामा कुल ३७ मत खसेकाे थियाे । जसमा ६ जना कार्य पालिका सदस्य मनाेनयन गर्नुपर्नेमा सर्वसम्मत मनाेनयन हुन नसकेपछि अन्त निर्वाचन प्रक्रिया गरेकाे थियाे । यसेैबिच नव निर्वाचित कार्यपालिका सदस्यहरुलाइ एक कार्यक्रमका बिच प्रमाण पत्र समेत प्रदान गरेका छन । निर्वाचन अधिकृत सुर्यराज घिमिरेकाे अध्यक्षतामा र छिन्नमस्ता गाउपालिकाका अध्यक्ष बिघानन्द चाेैधरीकाे आतिथ्यमा सम्पन्न साे कार्यक्रममा छिन्नमस्ता गाउपालिका वडा न.२ का वडाअध्यक्ष सिकिन्दर साह, वडा नं ५ का वडाअध्यक्ष जय प्रकाश ठाकुर , युवा पत्रकार शुभ नारायण यादव लगायतका बक्ताहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।