भूपदेव माली
जेष्ठ १२ गते/ राजबिराज
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नवनिर्वाचित उपमेयर, वडाध्यक्ष तथा वडा सदस्यहरको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रम बिहिबार सम्पन्न भएको छ।
नवनिर्वाचित मेयर बिरेन्द्र माझीको अध्यक्षता एवं जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त राउत( सि.के. राउत)को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगरपालिकाका ७१वटा नवनिर्वाचित पदाधिकारीलाई मेयर माझी द्वारा शपथग्रहण गरिएको हो।
हनुमाननगर स्थित नगरपालिकाको कार्यालय प्रागंणमा बनाएको पण्डाल भित्र आयोजित कार्यक्रममा सप्तरीको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्ले, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र नगरका लगभग ३सय भन्दा बढी मानिसहरु लगायतका उपस्थितिमा सम्पन्न कार्यक्रममा डा.सि.के.राउत सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु द्वारा जनता संग गरिएको प्रतिबद्धता पूरा गर्ने बारेमा स्मरण गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
ई.श्यामसुन्दर मण्डलले मंच संचालन गरेको सो कार्यक्रममा मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुभएका शहिदहरुको तश्विर मा फूल माला अर्पण समेत गरेका थिए।
शपथग्रहण कार्यक्रम सम्पन्न पश्चात प्रत्येक वडा कार्यालयमा वडाध्यक्ष तथा वडा सदस्यहरुको पदभार ग्रहण कार्यक्रम हुने भएको जनाएको छ।