ईमधेश न्यूज सम्बाददाता
राजविराज, ०८ जेष्ठ ।
सप्तरीमा स्थानीयको तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।
मतगणना अनुसार सप्तरीको १८ वटा स्थानीय तहमध्ये नेपाली काँग्रसले ५, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमालेले ३÷३, जनमत पार्टी २, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले १÷१ स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।
निर्वाचन कार्यालयले जनाए अनुसार जिल्लाको सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सुरुङ्गा नगरपालिकामा नेपाली काँगे्रसले जित प्राप्त गरेको छ भने राजविराज नगरपालिका, विष्णुपुर गाउँपालिका र बादेबर्साइन नगरपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवारहरु जित प्राप्त गरेका छ ।
त्यस्तै छिन्नमस्ता गाउँपालिका, रुपनी गाउँपालिका र महदेबा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जित प्राप्त गरेको छ भने हनुमाननकंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा जनमत पार्टीले जित प्राप्त गरेको छ ।
त्यसैगरी अग्निसाइर कृष्णासबरन गाउँपालिका, राजगढ गाउँपालिका र डाक्नेश्वरी गाउँपालिकामा नेकपा एमालेले जित प्राप्त गरेको छ भने एकीकृत समाजवादी पार्टीले शम्मुनाथ नगरपालिका र नेकपा माओवादी केन्द्रले खडक नगरपालिकामा जित प्राप्त गरेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।