शुभ नारायण यादव
सप्तरी ,१५ मंसिर । सप्तरीको सप्तकोशी नगरपालिकास्थित वडा नं. ९ को कमलपुरमा आज स्वास्थ्य चौकीको उद्घाटन भएको छ।
सो उद्घाटन प्रदेश सभा सदस्य तथा नेकपा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलको प्रमुख आथित्यमा भएको थियो । आयोजित उद्घाटन कार्यक्रमको सभापतिमा वडा नं. ९ का वडाध्यक्ष चन्द्र नारायण यादव, विशिष्ट अतिथि द्वय नगर प्रमुख उत्तमकुमार गौतम तथा नगर उप प्रमुख आशाकुमारी चौधरी, अतिथीहरु नेपाली काँग्रेसका नगर अध्यक्ष रमेश कार्की, जसपाका नगर अध्यक्ष रामकुमार यादव, मनकामना सहकारी संस्था फत्तेपुरका अध्यक्ष अशोककुमार चौधरी, राधाकृष्ण बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड सप्तकोशीका अध्यक्ष रामसुन्दर यादव सहित स्थानीय सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवी, स्वास्थ्यकर्मी, राजनीतिकर्मी लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो। कार्यक्रममा वडा सदस्य तिलमेश्वर मेहताले स्वागत मन्तव्य राखेका थिए। यस नव उद्घाटित स्वास्थ्य चौकीमा चाँडै नै प्रसुति गृह एवं अन्य सेवाहरुको व्यवस्थापन गरिने आश्वासन नगर प्रमुख गौतमले भन्नु भयो ।