शुभ नारायण यादव,
राजविराज, १० बैशाख ।
नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य मो. इस्लाम मियाँ शनिवार नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको छ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी ईञ्चार्ज अशोक कुमार मण्डल, केन्द्रीय सदस्य असर्फि सदा लगायतका नेताहरुले राजविराजमा शनिवार आयोजित एक कार्यक्रमका बीच माला र टिका लगाएर ईस्लाम मियाँलाई पार्टी प्रबेश गराउनुभयो ।
यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा मियाँ पुनः मेयर पदमा उम्मेदवारी दिने तयारी गरेको छ ।
पार्टी प्रबेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बोदे बर्साइन नगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
माओवादीमा प्रबेश गर्दै मियाँले एमाले पार्टी भित्र समन्ती ब्राह्मणबाद प्रबृति हाबी भएकाले आफु एमाले परित्याग गरेको बताउनुभयो ।
मियाँ गत २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयर पदमा चुनाब लड्नु भएको थियो भने अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि क्षेत्र नम्वर ४ मा एमालेबाट उम्मेदवार बन्नुभएको थियो ।
उक्त पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्रका मधेश प्रदेश समिति सदस्यहरू महेश कुमार यादव, भागवत यादव, छेदी रजक विमल, जिल्ला समिति सदस्य दिलिपकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।