शुभ नारायण यादव सप्तरी ,६ बेैशाख । सप्तरीको छिन्नमस्ता गाउपालिकालाई भयरहित भ्रष्टाचारमुक्त गाउपालिका बनाउने लक्ष्य रहेकाे नेकपा माओवादी केन्द्रका युवा नेता जय प्रकाश यादव जेपिले बताएका छन । नेकपा माओवादी केन्द्रकाे सम्भावित उम्मेदवार समेत रहेका युवा नेता यादवले आफु बिजयि भएपछि जिल्लामै नमुना तथा भयरहित र भ्रष्टाचार मुक्त गाउपालिका बनाउने लक्ष्य रहेकाे बताएका हुन । सन्चारकर्मिहरुसँगकाे कुराकानीमा नेता यादवले सबैभन्दा बढी दलित समुदायको बसाेबास रहेकाे यस छिन्नमस्ता गाउपालिकाका बेरोजगार युवाहरुलाइ रोजगारीका साथै शिक्षाबाट बन्चित रहेका दलित समुदायका बालबालिकाहरुलाई निशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन । यादवले यस अघिका गाउपालिका कार्य समितिका पदाधिकारीहरुले काेराेना भाइरसकाे नाममा करोडौंको भ्रष्टाचार गरेकाे बताउदै नेता यादवले त्यसकाे उचित छानबिन गर्नुपर्ने तथा गाउपालिकालाई भयरहित भ्रष्टाचार मुक्त बनाउने बताएका हुन । विगत लामाे समयदेखि विद्यार्थी जिवनदेखि नेै राजनीतिमा लागेका युवा नेता यादवले आफ्नाे अमुल्य समय जनताको जनसेवामेै बिताउदेै आएका सु प्रसिद्ध नेता हुन । मातृकाप्रसाद यादव नेतृत्वको नेकपा माओवादीका जिल्ला इन्चार्ज समेत रहनु भएका युवा नेता यादवले सबैभन्दा बढी शिक्षा , स्वास्थ्य ,बेरोजगारहरुलाई राेजगार दिनुका साथै कृषिमा थप लगानी गर्नुपर्नेमा जाेड समेत दिएका छन । युवा नेता जेपि यादवकेै नेतृत्वमा यसअघि छिन्नमस्ता गाउपालिकामा जेष्ठ नागरिक तथा बयाेबृद र अपांगता भएकाहरुलाइ समयमै सामाजिक सुरक्षा लगायतका बजेट उपलब्ध गराउनुपर्ने तथा काेराेनाकाे नाममा गाउपालिकामा भएको व्यापक भ्रष्टाचारकाे छानविन हुनुपर्ने मांग गर्दै लामाे समय सम्म आन्दोलन समेत गरेका थिए । जनताकाे जनभावना अनुसार एका बिहानै देखी अबेर राति सम्म राजनितिमा लाग्देै आएका युवा नेता यादवले आगामी चुनावमा पढे लेखेका युवा नेतृत्वलाई चयन गर्न सम्पूर्ण छिन्नमस्ता गाउपालिकाका आम जनसमुदायहरुसंग अनुरोध समेत गरेका छन ।