शुभ नारायण यादव,
राजविराज, ०५ बेशाख ।
छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुर स्थित लक्ष्मी मन्दिर निर्माण कार्य धमाधम भइरहेको छ ।
वडाअध्यक्ष बिनोद कुमार यादवले वडा स्तरिय योजना अन्तरर्गत ८ लाख बजेटको लागतमा सो मन्दिर निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । सो मन्दिर निर्माणको लागि पछिल्लो गत वर्ष ३ लाख तथा चालू आवको थप ८ लाख गरी कुल जम्मा ११ लाखको लागतमा सो मन्दिर निर्माण कार्य भइरहेको वडाअध्यक्ष यादवले जानकारी दिनुभयो । अगामी असार मसान्तसम्ममा सो मन्दिर निर्माण सु सम्पन्न हुने योजना रहेको उपभोक्ता समितिका कोषाध्यक्ष बिजय मालीले जानकारी दिनुभयो । उक्त मन्दिरको निर्माण कार्यको अनुगमनको क्रममा वडाअध्यक्ष बिनोद कुमार यादव , बयोवृद राजनितिककर्मी बालबोध झा , भुपु वडा अध्यक्ष राम नारायण महतो, युवा पत्रकार शुभ नारायण यादव , उपभोक्ता समिति अध्यक्ष सन्जय मिश्रा , विजय मिश्रा सहितकाहरुले गरेको छ । यसै बिच अनुगमनको क्रममा वडाअध्यक्ष यादवले सो मन्दिरको निर्माण कार्य निर्धारित समयमा नै सु सम्पन्न गर्न तथा गुणस्तरीय काम गर्न निर्देशन समेत दिनुभयो ।