शुभ नारायण यादव,
राजविराज, २९ चैत ।
आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि विभिन्न पार्टीहरुमा यतिबेला धमाधम उम्मेदवार छनौट गर्ने क्रम बढेको छ ।
सोही क्रममा लोसपाले सप्तरीको राजगढ़ गाउपालिकाका लागि अध्यक्ष पदको उम्मेदवार नेता मुसहरू यादवको नाम छनौट गरेका हुन । पालिका स्तरीय एक भेलाको आयोजन गरी उक्त भेलाबाट अध्यक्ष पदमा यादव लगायतको गाउपालिका उपाध्यक्षमा रन्जु कुमारी मंडल, निरिशा कुमारी मंडल र सुनिता साहको नाम सिफारिस गरिएको लोसपाले जनाएको छ । त्यसेगरि लोसपाके तर्फबाट राजगढ गाउपालिका वार्ड नम्बर १ को वडाअध्यक्षका लागि लक्षमण यादब ,वडा न. २ को वडाअध्यक्षको नाम अहिले बाकिँ रहेको पार्टीले जनाएको छ । यस्तै वडा न. ३ को लागि वडाअध्यक्षमा संजय यादब , वडा न.४ को वडाअध्यक्षमा दिप नारायण ठाकुर , वडा न. ५ मा सुर्य नारायण माली र वडा न. ६ को वडाअध्यक्षका लागि बिशेशवर यादब मालीकको नाम जिल्ला मा सिफारिस गरि पठाएको लोसपाले जनाएको छ ।