शुभ नारायण यादव,
राजविराज, १७ चैत ।
सप्तरी प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ का माधव नेपालका २० वर्षीय छोरा सुजन नेपाल रहेको प्रहरीले जनाएको छ ।
सप्तरीको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी नगरपालिका–९ बस पार्कबाट नेपाललाई लागु औषधसहित पक्राउ गरेको हो । उहाँको साथबाट लागु औषध निट्रोसन आर ८४ चक्की (ट्याब्लेट) बरामद गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनु भयो ।