शुभ नारायण यादव,
राजविराज, ०७ फाल्गुन ।
राज्यले सपाङ्ग जस्तै हरेक क्षेत्रमा अपांगलाई पनि हक अधिकारको सुनिश्चितता हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । डाक्नेश्वरी नगरपालिकाको सहयोग तथा अपांग कल्याण समाज सप्तरीको आयोजनामा सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित पातोमा आयोजित अपाङ्गता भएका ब्यक्तिहरुको लागि ५ दिने नेतृत्व विकास सम्बन्धि तालिमको समापन्न समारोहमा सहभागीहरुले सो कुरामा जोड दिएका हुन ।
कार्यक्रममा सहभागीहरुले राज्यको हरेक निकायमा अपांगहरुले पनि आम नागरिक सरह समान अधिकार पाउनुपर्ने माँग गरेका छन ।
अपांग कल्याण समाज डाक्नेश्वरि नगरपालिकाका अध्यक्ष धनेश्वर यादवको अध्यक्षता तथा डाक्नेश्वरि नगरपालिकाका योजना अधिकृत बिनोद कुमार ठाकुरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा युवा पत्रकार शुभ नारायण यादव , सरसफाइकर्मी लक्ष्मी चौधरी , समावेशी अपांग सङ्घका अध्यक्ष एव तालिमका प्रशिक्षक सतिश चन्द झा , समाजसेवी गणेश कुमार चौधरी , सहभागी बिजय कुमार यादव लगायतका बक्ताहरुले सबिधानमा प्रत्याभुत गरिएका अधिकारहरु भए अनुसार अपांगता भएका ब्यक्तिहरुलाइ अधिकारलाई व्यवहारमा समेत सुनिश्चितता हुनुपर्ने माग गरेका छन । उक्त ५ दिने तालिममा डाक्नेश्वरी नगरपालिकाका १० वटै वडाका ३० जना भन्दा बढि अपांगता भएका ब्यक्तिहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।