शुभ नारायण यादव,
राजविराज, ०५ फाल्गुन ।
जाडोलाई दृष्टिगत गरी न्यानोका लागि मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वाड न–१ मा एक कार्यक्रम बिच गरिव, निसहाय,ज्येष्ठ नागरिक, एकल महिला तथा आपाङ्गहरूलाई कम्बल वितरण गरेको छ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्य एवं तिलाठी कोइलाडी गाउपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवको विशिष्ट आतिथ्यमा आयोजित सो कार्यक्रममा तिलाठी कोइलाडी गाउपालिका वडा न.१ का वडाध्यक्ष दिनेश्वर मिश्रा , पत्रकार महासंघका पुर्व अध्यक्ष जितेन्द्र खडका , पत्रकारहरु अबधेश झा, बैधनाथ यादव , जितेन्द्र जितु , धर्मपाल यादव , बाबुल मिश्रा, नविन निर्भय यादव ,जसपा युवा नेता निरज झा, बिजय यादव, श्री राम मंडल, शुशील मंडल, लालु यादव, राम यादव प्रदिप मंडल लगायतका उपस्थितीमा तिलाठी कोईलाडी वाड न १ का सम्पुर्ण ज्येष्ठ नागरिक, एकल महिला तथा आपाङ्गहरूलाई सो कम्बल वितरण गरिएका हुन् ।
टुटन लागेको जाडोका मौसम पछि पनि चिसो हावा चल्न लागेको हुदा बृद्धबृद्धाहरुलाई प्रभावित पार्न सक्ने हुदाँ असहाय एवं असक्षम हुनेहरुलाई लक्षित गरी सो वितरण गरिएका हुन ।