शुभ नारायण यादव,
राजविराज, २५ माघ ।
सप्तरीका किसानहरुले व्यवसायीक रुपमा गाई, भैंसी र बाख्रा पालन गरेर बार्षिक लाखौंको आम्दानी गर्न सकिने एक कार्यक्रम विच बताएका छन् ।
राजविराज नगरपालिका पश, पंक्षी विकास शाखा द्वारा आयोजित गाई भैंसी पालन सम्बन्धी तीन दिने तालिममा सहभागीहरुले सो कुरा बताएका हुन ।
कार्यक्रममा सहभागीहरुले नेपाल कृषि प्रधान देश भएकोले बैज्ञानिक तरिकाबाट व्यवसायिक रुपमा कृषि गरेमा देशको समेत मुहार फेर्न सकिने बताएका छन । राजविराज नगरपालिका पशु पंक्षी विकास शाखाका अमरेन्द कुमार झाको अध्यक्षता तथा राजविराज नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भोगेन्द प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित सो तालिमको उदघाटन समारोहमा सहभागी बक्ताहरुले सीप लिए पछि किसानहरुले आय आर्जन गर्न सकिने बताउनुभयो । उक्त कार्यक्रममा राजविराज नगरपालिकाका स्वास्थ शाखा प्रमुख निरन्जन यादव , डा. प्रभात झा , पशु पक्षि शाखाका परमेश्वर यादव , युवा पत्रकारहरु शुभ नारायण यादव ,चन्दन यादव लगायतका बक्ताहरुले आ आफनो शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । उक्त तीन दिने तालिममा प्रत्येक वडाबाट २ जना किसानका दरले ३२ जना किसानहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।