शुभ नारायण यादव,
राजविराज, १९ माघ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका भित्रका मजदुरहरुको सिप तथा क्षमता विकास हुनुपर्नेमा जोड एक कार्यक्रममा सहभागीहरुले दिएका छन । नगरपालिकाको सहयोग तथा ग्रामीण महिला उत्थान विकास द्वारो आयोजित डाक्नेश्वरी नगर भित्रका मजदुरहरुलाइ क्षमता अभिवृद्धि सम्बन्धि अगरबती बनाउने तालिमको उदघाटन समारोहमा सहभागी बक्ताहरुले सो कुरामा जोड दिएका हुन । आयोजक सस्थाकी गायत्री पण्डितको अध्यक्षता तथा डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकिसुन यादवको प्रमुख आतिथ्यमा आयोजित सो तालिममा नगरपालिकाका योजना शाखा प्रमुख बिनोद कुमार ठाकुर , युवा पत्रकार शुभ नारायण यादव ,तालिमकी प्रशिक्षकहरु इन्दु देवी पण्डित , लक्ष्मि चोधरी , नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टका डाक्नेश्वरी नगर अध्यक्ष राम अवतार यादव , सचिव गणेश चोधरी , श्री प्रसाद सदा , नरेश कुमार सदा , निर्मला राम लगायतकाहरुले मजदुरहरुको हम अधिकार सुनिश्चितता हुनुपर्ने माग गरेका छन । सात दिन सम्म सन्चालन हुने सो अगरबती बनाउने तालिममा डाक्नेश्वरी नगरभरीका झन्डै १ सय जना मजदुरहरुको सहभागी रहेको आयोजकले जनाएको छ ।