भूपदेव माली
पौष ३गते/राजबिराज
प्रदेश नम्बर- २को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम सोमबार प्रदेश सन्सद बैठक बाट दुई तिहाई भन्दा बढी मतले पारित गरेको छ।
प्रदेश नम्बर-२को नामाकरण तथा राजधानी कायम गर्न बर्षौदेखि राजनीतिक दल बिच मिथिला, मिथिला-भोजपुरा, मधेश आदि को प्रस्ताव बिच खिचातानी हुदाहुदै बल्लतल्ल सो निर्णय भएको हो।
मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम भएको खुसीयालीमा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरु द्वारा प्रदेशको विभिन्न स्थानमा मैनवत्ती बालेर दिपावली मनाएका छन्।
यसै बिच सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह बाजार स्थित शहिद राजिव चौक को स्मारक स्थलमा जसपा नेपाल का नेता जयसुन्दर खिडहरी यादवको नेतृत्वमा केही कार्यकर्ताहरु द्वारा मैनवत्ती बालेर दिपावली मनाएका छन्। सोही क्रममा तिरहुत गाउँ पालिका वडा नम्बर ४डिमनका वडाध्यक्ष मनोज यादवको नेतृत्वमा जसपाका युवा नेता तथा कार्यकर्ता संजिव यादव,राजदेव मुखिया लगायतकाले प्रदेश नामाकरण तथा राजधानी जनकपुरधाम कायम भएको खुसीयालीमा मैनवत्ती बालेर दिपावली मनाएका छन्।