शुभ नारायण यादव सप्तरी ,१२ मङ्सिर । धर्मी हल्फा महिला विकास क्लव सप्तरी द्वारा सप्तरीको विभिन्न स्थानमा हुने अग्नि पिडितहरुलाइ नियमित रुपमा राहत वितरण गर्दै आइरहेका छन । यसेै क्रममा हिजो सप्तरीको राजगढ गाउपालिका वडा न.-३ नर्घो गाउको अग्निपीडित परिवारहरु सीताराम यादव र हरेराम यादवलाई राहतस्वरूप क्लवले विभिन्न सामग्रीहरु वितरण गरेका हुन । क्लवले अग्निपिडित परिवारलाई त्रिपाल,झुल,तन्ना ,धोती र भाडाकुडा लगायतका सामाग्रीहरु वितरण गरेकाे संस्थाका अध्यक्ष समाजसेवी ई सूर्य नारायण यादवले जानकारि दिनुभयाे । गत म़ंसीर ७ गते आइतवार आगलागि हुदा झन्डै ८ लाखभन्दा बढीको क्षति भएको थियाे ।
साे राहत वितरणमा समाजसेवि इ. यादव सहित राजगढ गाउपालिकाका अध्यक्ष परमानन्द यादव,प्रहरी चोैकी झुटकीका प्रहरी सहायक निरीक्षक राम कुमार यादव, कृषि शाखा प्रमुख महि नारायण यादव,दिलिप म़डल ,पारसमणी पप्पु लगायतका व्यक्तिहरू उपस्थिति रहेकाे थियाे ।