शुभ नारायण यादव,
राजविराज, पौष ।
सप्तरीको रुपनी गाउपालिका ६ तेरहौता स्थित विशाल इटा उद्योगमा इट्टाको ढेर खस्कदा झरेको इट्टाहरुबाट एक महिलाको मृत्युु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन । विशाल इटटा उघोगमा मजदुरहरुले काम गर्ने क्रममा काचो इटटा अचानक खस्दा तीन जना घाइते भएको थियो ,जसमा एक जना मजदुरको मृत्युु समेत भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृत्युु हुनेमा सप्तरीके रुपनी गाउपालिका वडा न.६ बस्ने ५० बर्षिय मजदुर जतरी देवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.ना.उ. एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार सो घटनामा अग्निसाइर कृष्णासवरण गाउपालिका वडा न. ४ का ५० बर्षिय मंगल सदा र भारतको मधुवनी निवासी ४० बर्षिय रमेश कुमार लोउदी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । यता गम्भीर े दुवै जना घाइतहरुलाई राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र ना. सिह अञ्चल अस्पतालमा राखिएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।