शुभ नारायण यादव,
राजविराज, २३ पौष ।
बिगत केही दिन यता सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोको लहरबाट जोगिन धर्मी हल्फा महिला विकास क्लव सप्तरी द्वारा गरिब तथा बिपन्न परिवारलाई कम्मल वितरण गरेको छ ।
सहयोगी हातहरूको एउटा सानो सहयोगले पनि जाडोबाट जोगिन विपन्नहरू डोम र सदा दलित समुदायलाई सो कम्मल वितरण गरिएको हो ।
क्रिमिक रुपमा बढेको जाडोबाट प्रभावित सप्तरीको रूपनी गाउपालिका वडा न.–६बीरेन्द्र बजारका भूमिहीन तथा अति विपन्न सदा(मुसहर) समुदायमा र अग्निसाइर कृष्णासवरन गाउपालिका वडा न.–२ सीतापुर भुरकीका मरिक (डोम) समुदाय एक एक थान कम्मल वितरण गरेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा पत्रकार बृजमान तामांग,नेकपा(एकिकृत समाजवादी)को कुमार मान श्रेष्ठ, नेपाल तामांग घेदुंग रुपनी गापाको अध्यक्ष लाल बहादुर तामांग,भवानी चौधरी, कुशेश्वर चौधरी,अग्निसाइर कृष्णाशवरण गाउपालिका वडा न.२ का वड़ासचिव कुशेश्वर यादव लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।