शुभ नारायण यादव,
राजविराज, ०८ पौष ।
सप्तरीमा बाख्रा चराउन एक्लै गएकी एक किशोरीलाई फकाएर करणी गर्ने युवकलाई प्रहरी पक्राउ गरेका छन् । एक १६ वर्षीया किशोरीलाई ललाईफकाई करणी गरेको अभियोगमा सप्तरीको तिरहुत गाउँपालिका वडा न.–५ बुधेवा बस्ने २० वर्षीय मो.अफजललाई पक्राउ गरिएको हो । सप्तरीको कंचनरुप नगरपालिका वडा न.–११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउदै गरेकी ती किशोरीलाई अफजलले ललाई फकाई जबरजस्तीकरणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यता सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।