शुभ नारायण यादव सप्तरी ,११ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विगत डेढ सात्तादेखि नहुँदा कार्यालयमा आउने सेवाग्राहीहरु दैनिक कामकाज गराउँनबाट बन्चित भएका छन ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आदेश /निर्देशनलाई अटेर गरेर छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा विगत डेढ सात्तादेखि कार्यालयमा नआउँदा अहिले सो गाउँपालिकाका अवस्था लथालिङ्ग बनेका छन भने कार्यालयमा दिनहुँ सयौ सेवाग्राहीहरु अधिकृत नहुँदा दैनिक अत्ति आवश्यक कामकाज गराउँनबाट बन्चित समेत भएका छन । गा.पा अध्यक्षका अनुसार पटक पटक चिठी काटेपनि अधिकृतले महत्वपूर्ण जानकारीहरु गाउँपालिकामा उपलब्ध नगराएको र आफु पनि बिना जानकारीको रवाना लिएर गएपछि अहिले सो गाउँपालिकाको अवस्था दयनिय हुनुका साथै गाउँ सभा समेत अन्यौल अवस्थामा पुगेको छ । बिना गाउँ अथवा नगर सभाको कुनै पनि स्थानीय तहले कुनै आर्थिक कामकाज गर्न नसकिने व्यवस्था स्थानीय सरकार संचालन ऐन मैै उल्लेख भएकाले राजनितिक खिचातानी तथा कोभिड १९ अर्थात कोरोना महामारीमा भएको खर्चको विवरणको हरहिसाव जनप्रतिनिधिहरु बिचनै नमिलेका कारणले अहिलेसम्म छिन्नमस्ता गाउँपालिकामा गाउँ सभा हुन नसकेको श्रोतले जनाएको छ । कोरोना कहरमा पनि कर्मचारीले तलब पाएको छैन । श्रोतका अनुसार कोभिड १९ अर्थात कोरोना महामारीको नाउँमा छिन्नमस्ता गाउँपालिकामा झण्डै २० करोड भन्दा बढी बजेट खर्च भएको तथा सोही बजेटको विषयमा वडाअध्यक्ष सहित जनप्रतिनिधिहरुबिच हिसाव मिलान नभएकै कारणले अहिलेसम्म गाउँ सभा अन्यौल अवस्थामा पुगेको छ । यस्तै अधिकृत नभएका कारण तथा निमित्त अधिकृत कुनै कर्मचारीलाई लिखित नदिदा ससर्त कार्यक्रमका लघु उद्यम कार्यक्रमको झण्डै २० लाख रकम फ्रिज हुने अवस्था रहेको गाउँपालिकाकै एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत नहुँदा दैनिक सिफारिस ,संघ संस्था दर्ता ,नविकरण लगायतका अत्ति आवश्यक कामकाज प्रभावित बनेका कारणले दिनहु सयौं सेवाग्राहीहरु गाउँपालिका आएर पनि रित्तै हात घर फर्किेने गरेको अवस्था रहेको छ भने अर्कोतिर सुचना सार्वजनिक नगरिकनै कतिपय महत्वपूर्ण निर्णयहरु अभिलेखीकरण भईरहेको एक सेवाग्राही लेे बताए । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नहुँदा हाल गाउँपालिकामा अधिकांश कर्मचारीहरु आउँने गरेको छैन । यसैबिच सो सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सुर्य नारायण मण्डल कुरुडले राजनितिक खिचातानी तथा विभिन्न कारणवस हालसम्म गाउँ सभा हुन नसकेको तथा अधिकृत समेत हालसम्म कार्यालयमा नहुँदा गाउँ सभा हुन नसकेको बताउँदै उहाँले छिटै नै गाउँ सभा गर्ने प्रतिवद्धता ब्यक्त गरेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ६ महिना पछि नै सरुवा गर्ने नीतिले स्थानीय तह अस्तव्यस्त हुन थालेको छ भन्ने बुझाई आम जनमानसको छ । यसै बीच कोविड १९ को सन्दर्भमा २०७७/०७/२० गते नेपाल सरकार द्वारा जारि ‘विद्यालय संचालन सम्बन्धी कार्यढांचा,२०७७ ‘सम्बन्धमा हाल सम्म गाउपालिकाको भूमिका निश्क्रियनै देखिएको छ | यस सम्बन्धमा प्र.प्र.अ थापा संग सम्पर्क गर्न खोज्दा बिगत डेढ सप्ता देखि मोबाईल स्विच अफ आईरहेको छ ।