शुभ नारायण यादव,
राजविराज, ०१ पौष ।
सप्तरीको छिन्नमस्ता गाउपालिकामा एक कार्यक्रम बिच आ व २०७६/०७७ मै खरिद भएका व्हीलचेयर तथा बैशाखी अपाङ्गता भएका ब्यक्तिहरुलाई वितरण गरेको छ । गाउपालिकाकी उपाध्यक्ष उषा कुमारी मण्डलको अध्यक्षतामा हिजो आयोजित सो कार्यक्रममा अपांगता समितिका संयोजकले पालिकाका १८ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हीलचेयर तथा ५२ जनालाई बैशाखी वितरण गरेका हुन । सो समारोहमा गाउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत महेश कुमार शर्मा ,युवा पत्रकार शुभ नारायण यादव ,वडा न.१ का वडाअध्यक्ष बिनोद कुमार यादव , वडा २ न वडाअध्यक्ष चुनचुन साह , ३ का वडाअध्यक्ष दिपेन्द्र कुमार यादव , ५ का वडाअध्यक्ष शिव शङ्कर पण्डित , ६ का अध्यक्ष बिरेन्द साह ,अपाङ्गता समितिकी सदस्यहरु जानकी देवी राम , अशोक कुमार यादव , उमदा देवि ,देब नारायण राय लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । यता अपांगता भएका ब्यक्तिहरुले व्हीलचेयर पाएपछि खुशी समेत ब्यक्त गरेका छन ।