भूपदेव माली,
राजविराज, २९ मंसिर ।
मुलुकमा विद्यमान गरिवी, वेरोजगारी, अशिक्षा, भेदभाव, शोषण तथा भ्रष्टाचारको अन्त भएमात्र लोकतन्त्र समृद्ध हुने र मुलुक एक समृद्ध हुने कुरा जसपाका राष्ट्रिय अध्यक्ष एवं पुर्व उपप्रधानमंत्री उपेन्द्र यादवले बताउनु भएको छ । वहाँले– ‘वर्तमान संविधानलाई संशोधन गरी हरेक क्षेत्र, जातजाति तथा भाषाभाषीको अधिकार सुरक्षित हुने गरी लोकतन्त्र एवं गणतन्त्र मिश्रित संघिय शासन व्यवस्थाको संविधान बनाउनु पर्ने कुरा भन्नु भएको छ ।
अध्यक्ष यादवले सो कुरा सप्तरीको तिरहुत गाउँपालिकामा आयोजित जसपा नेपालका बृहत पार्टी प्रवेश तथा जनजागरण कार्यक्रममा भन्नु भएको हो । जसपाका तिरहुत गापा समितिका अध्यक्ष विरेन्द्र कुमार मिश्राको अध्यक्षता एवं तिरहुत गापाको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रदेश नं. २ एक कृषि आधारित ९०–९५ प्रतिशत कृषि क्षेत्रमा आधारित जनताको प्रदेश भएकोले कृषि विश्व विद्यालय, कृषि अनुसंधान, कृषि प्राविधिकको उत्पादन, कृषि विऊमल, कृषि सिंचाई, आदिको विकास गरी पुरानो खेती गर्ने प्रक्रियालाई परिवर्तन गरी बैज्ञानिक प्रक्रियाको खेती गरेमा प्रदेश समृद्ध हुने कुरा अध्यक्ष यादवले भन्नु भयो ।
लगभग ३०० जनाभन्दा वढी मानिसहरु अन्य–अन्य पार्टीहरु परित्याग गरी जसपामा प्रवेश गरिएको जसमा वढी संख्यामा मुस्लिम समुदायका मानिसहरु रहेका थिए । यसरी नै कासी राजवंशीका नेतृत्वमा कृषणा म्यूजिकल ग्रुप सहित पार्टीका साँस्कृति महासंगमा प्रवेश गरेका थिए ।
विभिन्न प्रकारका आन्दोलनकारी गीत तथा नृत्य सहित प्रस्तुत गरेको सो कार्यक्रममा स्वागत मन्तव्य तिरहुत गापाका उपाध्यक्ष तिर्थमाया खंगले दिनुभएको थियो भने राजविराज नपाका मेयर शम्भु यादव, तिरहुत गापाका अध्यक्ष हेमन्त बहरखेर यादव, ओ.वि.सी का अध्यक्ष भरत महतो, जसपाका के.सदस्य विकास तिवारी, प्रतिनिधि सभासदस्य डा.सुर्य नारायण यादव लगायतकाले मन्तव्य राखेका थिए । https://youtu.be/0gzOqNGilNk https://youtu.be/0gzOqNGilNk