शुभ नारायण यादव सप्तरी ,१० मङ्सिर । पछिल्लोपटक सप्तरी सहित मुलुकभरि नै बलात्कारको घटनामा बृद्धि भएको छ । यसै क्रममा पछिल्लोपटक सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.४ अरजि टाेलमा एक दलित महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । स्थानिय राम थरकि एक ३० बर्षिया महिलामाथि साेहि ठाउका एक ३८ बर्षिय पुरुषले बलात्कार गरेकाे घटना सार्वजनिक भएको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । गत कार्तिक २० गते बिहान घर नजिकै घासबारिमा दिसापिसाव फेर्न गएकाे बेला अचानक साेहि ठाउका साेगिन्द्र राम सहितकाहरुले सामुहिक बलात्कारको प्रयास गरेकाे पिडितका आफन्तजनले बताएका छन । पिडितले बलात्कार भएको भनी इलाका प्रहरी कार्यालय कन्चनपुरमा उजुरि दिएपछि मात्र साे घटनाकाे खुलासा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारि दिनुभयाे । यसै बिच साे घटनाकाे आराेपित सोगिन्द्र रामलाई प्रहरीले पक्राउ गरि थप आवश्यक अनुसन्धान कार्य भइरहेको डिएसपि एव प्रबक्ता साहले जानकारि दिनुभयाे । यसै बिच उक्त घटनालाई लिएर स्थानीय प्रहरी प्रशासनलाई साेहि वडाका वडाअध्यक्ष नागेश्वर मण्डल ,रामेश्वर गाेहिवार यादव ,भुनेश्वर गाेहिवार ,भाेला र महेन्द्र गाेइत सहितकाहरुले राजनितिक दवावमा आएर दाेषिलाइ छुटाउने प्रयास गरिरहेकाे पिडितका आफन्तजनले बताएका छन । तर साे बिषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपि राजेन्द्रप्रसाद धमलाले जबर्जस्ती करणी गरेकाे आराेप प्रमाणित भइसकेकाले दाेषिलाइ कानुन बमाेजिमकाे आवश्यक कार्वाही हुने बताउनुभयाे ।