शुभ नारायण यादव,
राजविराज, १८ मंसिर ।
आगलागिबाट आहतलाई राहत धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा वितरण गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.–१ भलुवा टोलको अग्निपीडित सत्य नारायण यादवको पत्नी कारी यादवलाई राहतस्वरुप त्रिपाल झुल तन्ना धोती साड़ी थाल गिलास कराही डेकची छोलनी लगायतका सामाग्रीहरु वितरण गरेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो । गत मङ्सिर १३ गते आगलागि हुदा अनुमानित २ लाख भन्दा बढीको क्षति भएको थियो ।
सो राहत वितरण कार्यक्रममा हनुमाननगर कङकालिनी नगरपालिका वडा न.–१ का वडा अध्यक्ष भिमराज मंडल,वडा सचिव अरुण कुमार यादव,ई प्रहरी कार्यालय भारदहको प्रहरी सहायक निरीक्षक गजेन्द्र नारायण यादव,वडा सदस्य प्रमोद कुमार यादव लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।