शुभ नारायण यादव,
राजविराज, ०९ मंसिर ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं ५ कुश्वाहा स्थित पुर्ब पश्चिृम राजमार्गमा बसले मोटरसाईकल ठक्कर हान्दा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ३ ख ३१४९ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको प्रदेश २–०१–००१ प ०२९१ न.को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक सिन्धुली दुधौली नगरपालिका वडा नं ७ बस्ने ४० बर्षिय कुमार बस्नेतको मृत्युु भएको हो । बसका चालक फरार भएका छन । दुर्घटनामा गम्भीर घाइते बस्नेतको सप्तऋषी अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.ना.उ. एव प्रबक्ता माधब प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार बस र मोटरसाईकल ईलाका प्रहरी कार्यालय कडरवोनाको नियन्त्रणमा लिएर आबश्यक कानुनी कार्यवाही अगाडी बढाएको बताए । साथै उक्त घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।