शुभ नारायण यादव,
राजविराज, ०८ मङ्सिर ।
सप्तरीको महदेवा गाउपालिका वडा न.१ बलथीका बेपता भएका मोची अझै फेला परेका छैन । वेपता भएका स्थानीय ५५ बर्षिय हनुमानी राम मोची गत असोज १७ गतेका दिन व्यापारको सन्दर्भमा छिमेकी देश भारतको सुपौल जिल्ला स्थित कुनौली बजार गएको थियो र हाल सम्म मोचीको कुन अतो पतो नरहेको उनका परिवारजनले बताएका छन । समान्य व्यापार गर्दै आएका मोची पैसा लिनको लागि भारतको कुनोली बजार गएको तथा हालसम्म फर्केर घर नआएका उनका आफन्त रामअशिष राम मोचीले जानकारी दिए । अन्दाजी ५ फिट ५ इन्चको कालो वर्नको मोची अहिले सम्म कहाँ छन कस्तो अवस्थामा छ ,त्यसको कुनै अतो पतो नरहेको पिडितका परिवारजनले जानकारी दिएका छन । यसैबिच पिडितका आफन्तले बेपता मोचीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोज तलाशको लागि उजुरी समेत दिएका छन । यता सो सम्बन्धमा सप्तरी प्रहरीले बेपता अथवा हराएको मोचीको खोजी कार्य तिव्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।