शुभ नारायण यादव सप्तरी ,५ मंसिर । सप्तरीको बोदे बरसाईन नगरपालिका–७ हैठीमा हिजाे साँझ मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्युु भएको छ । स ६ प ५०६० नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका वडा .–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । उपचारको क्रममा उनकाे मृत्युु भएको सप्तरी प्रहरीले जनाएको छ। यता दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।