शुभ नारायण यादव
सप्तरी ,३० कार्तिक । नेपालमा कोरोना महामारी फैलिएसँगै संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेदेखि देश नै लकडाउन गर्यो । त्यसपछि सम्पूर्ण क्षेत्र ठप्प बन्यो । मान्छे घरबाट बाहिर निस्किनै नसक्ने अवस्था बन्यो । त्यतिबेला नै सप्तरीको खडक नगरपालिकाले भने शंकास्पद किसिमले विद्यालय दिवा खाजाको पैसा निकासा गरेको पाइएको छ ।
आर्थिक वर्ष ०७६/७७ मा नगरपालिकाले लक्षित विद्यार्थीको संख्या यकिन नै नगरी ४७ लाख २९ हजार २४३ रूपैयाँ निकासा गरेको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमार्फत औँल्याएको छ । ‘चैत्रबाट नेपाल पूर्ण रुपमा बन्दाबन्दी भएको अवस्था तथा १८० दिन यो वर्ष सञ्चालन नभएको अवस्थामा बढी दिनको खाजा खर्च निकासा भएको छैन भन्ने अवस्थामा नभएको एवम् बील भरपाई समेत पेश नभएकोले कार्यालयबाट छानवीन गरी बढी गएको रकम असुल हुनुपर्ने’, महालेखाको ५८ औं प्रतिवेदनमा भनिएको छ ।
निर्देशिका अनुसार दिवा खाजा बढीमा १८० दिन नबढ्ने गरी विद्यार्थी उपस्थित भएको दिनको मात्र दिनुपर्ने व्यवस्था छ । नगरपालिकाले सोही अनुसार नै दिवा खाजाको रकम निकासा गरेको छ । तर, विद्यालयमा विद्यार्थी उपस्थित भएको प्रमाण भने पेश गरेको छैन् ।
विद्यार्थी एकिकृत अभिलेख पेश नगरेकोले उपस्थित भएको दिनको मात्रै खाजा खर्च गएको छ भन्न सक्ने अवस्थामा समेत नरहेको प्रतिवेदनमा उल्लेख छ । स्मरण रहोस बिगत केही बर्षदेखी नेपाल प्याबसन लगायतका सन्स्थाहरुले इमिस आइ डी ( IEMIS ID ) उल्लेख गरि मात्र विद्यार्थी तथ्यांक / प्रमाणपत्र जारी गर्नु पर्ने मा जोर दिदै आएका छन। एक श्रोतका अनुसार विद्यालयहरुको बास्तबिक बिद्यार्थी संख्याको तिनगुनासम्म को सन्ख्या इमिसमा वृद्धि गरिएको दावी गरिएको छ । संबंधित निकायको ध्यान नजानु पक्कै कमिसन तिर संकेत गर्दै छ ।
उता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले आफु केही समयअघि मात्रै हाजिर भएकोले ती विषयबारे जानकारी नरहेको बताए । ‘ती विषयमा थप वुझ्नकोलागि नगरपालिकाको कार्यालय आउनुस्, हामी सबै सूचना दिन्छौं ’ भन्नुभएको छ।