शुभ नारायण यादव सप्तरी ,८ मंसिर । प्रदेश न. २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले खेल विकासका लागि सरकार लागिपरेको वताउनुभएकाे छ ।सहिद प्रभु नारायण स्मृति ट्रस्ट द्वारा संचालित सहिद प्रभु नारायण स्मृति क्रिकेट प्रतियाेगिताकाे फाईनल खेलकाे समापन कार्यक्रमलाई सम्बाेधन गर्नुहुदेैै हिजो उहाले साे कुरा बताउनुभएको हाे । सप्तरीको तिलाठी काेईलाडी गाउपालिका ताेपाकाे खेलमैदानमा आयाेजित फाईनल खेलमा बरमझियालाई ७६ रनले पराजित गर्दै कल्याणपुर, लालपटी बिच हात पारेकाे छ। खेलमा टस जितेर बरमझियाले कल्याणपुर लाई ब्याटिँगकाे लागि निम्तियाए पछि जसमा कल्याणपुर लालपटी क्रिकेट टिमले निर्धारित २० ओभरकाे खेलमा ८ बिकेट गुमाई २ सय ४ रनकाे याेगफल खडा गरेका थिए । जसमा कल्याणपुर टिमका लागि माेहम्मद अब्दुलले सर्वाधिक ५५ रन, माेहम्मद एकवाल, २१ रन, राकेश १५, नाने १३, माे.सकिमले १२ रन जाेडेका थिए । बलिँग तर्फ बरमझिया टिमका बिजय गुप्ता ३, तारान्नद १,कुन्दन २, चन्दन,जुगेश्वर, महान्नद १/१ बिकेट हात पारेका थिए। जवाफमा बरमझिया टिमले १६ ओभर ४ बलमा सबै बिकेट गुमाई १ सय २८ रनमै सिमित रहेका थिए । जसमा अमन २४, तारान्नद १६, पवन १५ बलिँग तर्फ कल्याणपुर सकिम ३, अनुज, बरूण र नने समान्य २/२ बिकेट र अबदुला १ एक बिकेट लिएका थिए । साे खेलमा फाईनल म्यान अफ दि म्याच अब्दुल, म्यान अफ दि सिरिज माेहम्मद नने, बेस्ट बलर, बेस्ट ब्याडस म्यान महान्नद यादब लाई घाेषित गरिएकाे थियाे । साे अवसरमा प्रदेश २ का समाजिक बिकास मंन्त्री नवलकिसाेर साह, तिलाठी काेईलाडी गाउपालिका प्रशासकिय अधिकृत केशव झा, तिलाठी काेईलाडी गाउपालिका वडा न. ८ का वडाअध्यक्ष लक्ष्मी मण्डल, युवा नेता गुडु सिँह, किसाेर कुमार यादब, नेका नेता अरूण मण्डल, लगायतले शुभकामना मन्तब्य दिएका थिए । ट्रस्टका अध्यक्ष अबधेश कुमार झाकाे अध्यक्षतामा आयाेजित प्रतियाेगितामा स्वागत मन्तब्य सफिद मंसुरीले गरेका थिए । साे अवसरमा प्रदेश न. २ का सामाजिक बिकास मंन्त्री नवलकिसाेर साहले खेलकाे महत्व बढदै गएकाे खेलकुद लाई पेशाकाे रूपमा अपनाउनु पर्नेमा जाेड दिनुभएको छ । उहाले तिलाठी काेईलाडी गाउपालिका ८ स्थित ताेपामा जग्गा उपलब्ध गराएमा खेलकुद मैदान बनाई दिने प्रतिबधता जनाउनु भएकाे छ ।। मंन्त्रि साहले खेलकुद बिकासका लागि प्रदेश २ सरकारले प्रत्येक जिल्लालाई ५ /५ लाख छुटयाईएकाे बताउनुभयाे । साे अवसरमा मंन्त्री साहले बिजेता टिम कल्याणपुर, लालपटीलाई ११ हजार १ सय नगद र उपबिजेता बरमझिया टिमलाई ५ हजार ५ सय नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।