शुभ नारायण यादव,
राजविराज, २३ कार्तिक ।
प्रदेश २ सामाजिक विकास मन्त्री नवलकिशोर साहले हिन्दुहरुको महान पर्व छठको अवसरमा छठका ब्रतालुहरुलाई पर्वका लागि साडी तथा सामग्री वितरण गरेका छन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १० का छठ ब्रतालुहरुलाई साडी तथा सामग्री किनमेल गर्न रकम वितरण गरेका हुन । स्थानीय रामलखन मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेता देवेन्द्र झा,जसपा क्षेत्रिय अध्यक्ष रामचन्द्र साह, जसपा प्रदेश समिति सदस्य दिनेश यादव लगायतका उपस्थित रहेको थियो । सो अवसरमा मन्त्री साहले एक सय दश जना ब्रतालु महिलाहरुलाई उक्त सामग्री वितरण गरेका हुन ।