शुभ नारायण यादव,
सप्तरी ,१५ कार्तिक ।
छिन्नमस्ता गाउपालिकामा गाउँसभा नभए पछि कर्मचारी र जनप्रतिनिधिहरु तीन महिनादेखि तलबभत्ताबाट बञ्चित भएका छन् । छिन्नमस्तामा आ.व. २०७८।०७९ को गाउँसभा हालसम्म गर्न नसक्दा गाउँपालिका कार्यालयले हालसम्म तलबभत्ता खुवाउन नसकेको हो । २०७७।०७८ मा भएको विकासे कामको कमिसनको भागवण्डा सम्बन्धी विवादको कारण हालसम्म गाउसभा सम्पन्न हुन नसकेको आरोप लगाएका छन् । एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने ‘विगत आर्थिक वर्षमै गाउपालिका अध्यक्ष ,उपाध्यक्ष सहितका जन प्रतिनिधिहरु बीच बजेट बाडफाड तथा कमिसनको विवाद भएको कारण अहिलेसम्म गाउसभा सम्पन्न हुन सकेको छैन ।कर्मचारीहरुले भने चार महिनाको तलबभत्ताबाट बञ्चित छौं ।’ गाउसभा नभएको कारण लेखा अधिकृत बाल गोविन्द साहले कर्मचारीलाई तलब खान समस्या भएको बताए । गाउपालिकाका अध्यक्ष सुर्य नारायण मण्डल ,उपाध्यक्ष उषा मण्डल तथा केही वडाअध्यक्ष सहितका जन प्रतिनिधिबिच बजेट बाडफाडमा कुरा नमिल्दा तथा राजनितिक खिचातानिका कारण हालसम्म गाउसभा हुन नसकेको हो । सोहि कारण कानुनी जटिलताको कारण तलब खान र खुवान नसकेको उनको भनाइ छ । कमिसनको भागवण्डा विषयका विवादमा कुनै सत्यता नरहेको उनले दावी गरे ।
गाउपालिकाका अध्यक्ष सुर्य नारायण मण्डलले गाउपालिकाका अधिकृत नहुदा तथा उपाध्यक्ष र वडाध्यक्षहरुको कारण बजेट विनियोजन नहुँदा समयमै गाउसभा नभएको तलब खुवाउन समस्या भएको बताए ।
यता निमित प्रमुख प्रशासकीय अधिकृत महेश शर्माले राजनितिक खिचातानि तथा बजेट बाडफाड नमिलेका कारणले अझै गाउसभा नभएकै कारण तलब खुवाउन नसकेको बताउँदै आफुलाई कमिसनको विवाद विषयमा केहि थाहा नभएको प्रतिक्रिया दिए ।
अहिले कर्मचारी शिक्षकहरु गाउपालिका कार्यालय र मकहाँ आएर तलब मागिरहेका छन् । म कहाँबाट तलब खुवाउनु अध्यक्ष मण्डलले भने ‘अब प्रक्रियामा गएर चाँडै गाउसभा सकेर तलब खुवाउने प्रयासमा छौं ।’ यता कर्मचारी र जनप्रतिनिधिहरुले गत साउन महिनादेखिको तलब र दशैंको एक महिनाको भत्ता बाँकी रहेको बताएका छन् । यसेबिच गाउपालिकामा कार्यरत कर्मचारीहरुले तिहारमा तलव पाउनुपर्ने माग गर्दै गाउपालिका कार्यालयको कामकाज ठप्प पारि आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।