शुभ नारायण यादव
राजविराज, ११ कार्तिक ।
केही दिन अघि सप्तरीमा आएको भिषण बाढीमा बेपत्ता भएका एक जना युवकको शव सिमावर्ती क्षेत्र भारतको कुनौली बजारमा शव फेला परेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ बैरियाघाटमा खोला तर्ने क्रममा बेपत्ता भएका युवकको शव ९ दिन पछि भेटिएको हो ।
विगत नौ दिनपछि आज विहान उनको शव भारतको कुनौलीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब निरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
‘युवक वेपत्ता भएसँगै हामीले खोजी कार्य जारी राखेका थियौ भने युवक बगेर भारततर्फ पुगेको हुनसक्ने आशंकाले भारततर्फका सुरक्षाकर्मीलाई पनि खोजीका लागि आग्रह गरेका थियौ’ उनले भने–‘सोही क्रममा उनको शव फेला परेको हो ।’
यता शव नेपाल ल्याउन समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।