शुभ नारायण यादव सप्तरी ,७ मङ्सिर । धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा आगलागिबाट क्षति भइ चिसाे माेसममा कष्टकर जीवन बिताइरहेका अग्नी पिडित परिवारलाई राहत वितरण गरेकाे छ । सप्तरीको डाकनेश्वरि नगरपालिका वडा न.-६ बिष्णुपुर गाउको अग्निपीडित मलहु मंडललाई राहत वितरण गरेका हुन । अग्नि पिडित परिवारलाई राहतस्वरुप त्रिपाल,झुल,तन्ना,साडी,धोती,थाल,गलास,डेकची,छोलनी लगायतका राहत सामाग्री वितरण गरेकाे क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारि दिनुभयाे । गत २९ गते भएको आगलागिमा ४ थान चौपाया आगोमा जलेर मर्नुका साथै मानिस तथा २ थान चौपाया गम्भीर घाइते भएको तथा करीब ५ लाखभन्दा बढिको धनजनको क्षति भएको थियाे । सप्तरीको डाकनेश्वरी नगरपालिका वडा न. -६ को वडा सदस्य मोहम्मद तैयव,ईलाका प्रहरी कार्यालय पातोको प्रहरी सहायक निरीक्षक उमेश प्रसाद जायसवाल,नेपाली कांग्रेसको महासमिति सदस्य नारायण यादव लगायत स्थानीय भरभलादमीहरुकाे उपस्थिति रहेकाे क्लबका अध्यक्ष एव समाजसेवी यादवले जानकारी दिनुभयाे ।