शुभ नारायण यादव सप्तरी ,२२ असाेज । सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१ भारदहबाट प्रहरीले लाखौंको अबेैध चादि सहित एक जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय भारदहकाे टाेलिले गाेप्य सुचनाकाे अाधारमा चेकजाँचकाे क्रममा माेरङकाे रङ्गेलि नगरपालिका वडा न.९ निवासि २६ बर्षिय उमेश बिकलाइ लाखौंको अबेैध चादि सहित नियन्त्रणमा लिएको हाे । बिककाे साथबाट सादा पाउजु ८८ पिस ,जेन्स ब्रासलेट २७ पिस , लेडिज ब्रासलेट ३ पिस ,झालर पाउजु ३० पिस ,बच्चाको पाउजु ६२ पिस ,सिकडि ७२ पिस ,बच्चाको चुडडा २८ पिस गरि कुल ७ किलाे अबे चादि अर्थात ६ लाख ६० हजार मूल्य बराबरको साे अवेैध समान सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । यता नियन्त्रणमा लिएका विक सहित चादिलाइ अावश्यक कार्वाहीकाे लागि अान्तरिक राजस्व कार्यालय इटहरि सुनसरी पठाएको तथा साे घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।