शुभ नारायण यादव सप्तरी ,२१ असाेज । अाजदेखि नेपालीहरुकाे दाेस्राे महान चाड विजया दशमि शुरु भएको छ । साेहि क्रममा सप्तरी सहित देशभरिका विभिन्न शक्तिपिठहरुमा श्रदालु भक्तजनहरुकाे भिड बिहानैदेखि लागेकाे हाे । मुलुकमै प्रसिद्ध मानिएको सप्तरीको छिन्नमस्ता स्थित सखडेश्वरि भगवतिकाे मन्दिरमा समेत बिहानेदेखि सयांै श्रदालु भक्तजनहरु पुजाअाजा गर्नेकाे लागि अाएकाे मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयाे । विगत दुई वर्ष यता काेराेना महामारिका कारणले भएको बन्दा बन्दिका कारणले भक्तजनकाे सङ्ख्यामा कमि अाएपनि यस वर्ष अवस्था साम्य रहेकाे तथा सिमावर्ति नाकाबाट सवारि साधन सन्चालनमा अाएपछि भक्तजनहरुकाे भिड बढने पिठाधिशकाे कथन रहेकाे छ । त्यस्तै साेहि अवसरमा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१४ रम्पुरा मल्हनिया स्थित कुनाेैली बाेडरमा वडा दशेैंकाे अवसरमा विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रम गरि दशेैं मनाउँदै अाएका छन । साेहि क्रममा अाज हजारौंको सहभागीतामा बृहत् कलश यात्रा निकालिएको स्थानीय युवा नेता सर्य नारायण यादव सुरुजले जानकारी दिनुभयाे । वडाअध्यक्ष सत्य नारायण यादवकाे नेतृत्वमा हजारौंको सहभागितामा साे कलश यात्रा निकालिएका छन । बाेर्डरबाट निकालिएको साे कलश यात्रा रम्पुरा ,मल्हनिया ,डलवा हुदेै काेशिमा जल लिएर भगवती मन्दिरमा रिसाल गरेकाे थियाे । त्यस्ते साेही अवसरमा वडा दशेै अवधि भरि विभिन्न धार्मिक तथा नाचगान कार्यक्रम गरिनुका साथे भव्य मेला समेत लगाइने अायाेजक कमिटिले जनाएको छ । यसेैगरी साेही अवसरमा प्रत्येक वर्ष झेै यस वर्ष पनि सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरकाे डिहवारथान पाेखरि तथा नव दुर्गा भगवती मन्दिरमा हजारौंको सहभागितामा कलश यात्रा निकालिएको अायेजक कमिटिका सन्ताेष कुमार यादवले जानकार दिए । वडाअध्यक्ष बिनाेद कुमार यादव ,युवा पत्रकार शुभ नारायण यादव सहितको अगुवाइमा हजारौंको सहभागितामा निकालिएको साे कलश यात्रा बरहि बिरपुरकाे परिक्रमा पश्चात् काेशि पश्चिमि नहरमा जल रिसाल गरेर पुनमन्दिर पुगेका थिए । साेहि अवसरमा अन्य वर्ष झे यश वर्ष पनि विभिन्न धार्मिक तथा सास्कृतिक नाचगान कार्यक्रम राखिएको अायाेजक कमिटिका हरिकिसुन रायले जानकारी दिए ।
यसेैगरी सप्तरीको छिन्नमस्ता गाउपालिका ५ स्थित लाेखरम बिरपुर चाेैकमा समेत वडा दशेैकाे अवसरमा विभिन्न धार्मिक कार्यक्रम राखिएको वडाअध्यक्ष शिब शंकर पण्डितले जानकारी दिए । यसेैगरि सप्तरीको सदरमुकाम राजविराज स्थित राजदेवि मन्दिर ,भगवती मन्दिर लगायतका जिला भरिका विभिन्न मठ मन्दिरहरुमा दशेैकाे अवसरमा विभिन्न कार्यक्रम गरि यस वर्षकाे दशेै मनाइरहेका छन ।