शुभ नारायण यादव सप्तरी , ५ मंसिर । सप्तरीमा काेराेना सन्क्रमित बाट थप एक जनाकाे मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।पछिल्लोपटक सप्तरीको बोदे बरसाईन नगरपालिकाकी एक वृद्धाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको कोभिड अस्पतालमा वडा न. ३ की ७१ वर्षीया वृद्धाको मृत्यु भएको हो । उपचाररत अस्पतालमा भर्ना भएकी वृद्धाको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारि दिनुभयाे । निमोनिया सम्वन्धी समस्या देखिएको उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।