शुभ नारायण यादव,
राजविराज, ३१ भाद्र ।
सप्तरीको तिलाठी कोईलाडी गाँउपालिकाको वडा कार्यालयको भवन निर्माणमा कमसल तथा गुणस्तरहिन काम भइरहेको स्थानीयहरुले आरोप लगाएका छन । वडा कार्यालयको भवन अहिले सम्म नहुदा टाटिको घरमा भाडा तिरेर सन्चालन हुदै आएका छन् ।
केहि बर्ष सम्म धैरे आलोचना भएपछि वडा नं ६ का वडाअध्यक्ष गोबिन्द यादवले वडा कार्यालय निर्माण गर्ने तर्खरमा जुटेको स्थानियहरूले बताएका छन । उता वडा कार्यालय भबन निर्माण हुने तरखरमा आउन बितिकै आम जन्ताको मुखमा मुस्कान समेत आउन सके तर गुणस्तरहिन , कमसल र तिन नम्बर ईट्टाको प्रयोगले जन्ँता निराश बनेका छन ।
झन्डै दश लाख (१० लाख ) को फाउन्डेसनमा सोही वडाका वडाअध्यक्ष गोबिन्द यादवको मिलोमतोमा दुई नम्बर ईट्टा प्रयोग गरिएको खुलासा भएको छ। सो लापरबाही कामकाजलाई जनताले समाजिक सञ्जाल मार्फत बिरोध समेत गरेका छन । स्थानीयले बिरोध लगते वडाअध्यक्ष यादबले गुणस्तरहिन तथा कमसल काम उपभोगता समितिको लापरबाही गरेको आरोप लगाएका छन ।
उनले भन्ने हामी त्यो प्रति लागेको छौ । जति तिन नम्बरको ईट्टा थियो सबै छाटकाट गरेर लगाउन आदेश दिएकोछु, अब अगाडी यस्तो किसिमको लापरबाही हुदैन भनि प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
स्थानिय तहको पाँच बर्ष बित्न आटेको तर तिलाठी कोईलाडी गाउँपालिका वडा नं ६ मा अहिले सम्म राजनैतिक् घिचातिरीको कारण एउटा वडा कार्यलय सम्पन्न भएको छैन्।