शुभ नारायण यादव
सप्तरी ,२३ असाेज । कोरोना भाइरसको सङ्क्रमणबाट सप्तरीमा थप एक जना सन्क्रमितको मृत्यु भएको छ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनकाे मृत्यु भएको हो। उनी असोज १८ गते अस्पताल भर्ना भएका थिए ।
सप्तरीको डाकनेश्वरी नगरपालिका वडा न.–४ का ६७ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएको छ। उनलाई उपचारका लागि धरान लैजाने क्रममा उनकाे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। उनी कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए। उनी निमोनियाबाट पीडित थिए।
योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।