शुभ नारायण यादव
सप्तरी ,२२ भदौं । सप्तरीमा २० बर्ष कैद तोकिएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको साबिक मानराजा गा.बि.स.वडा नं.०७ हाल बोदेबरसाईन नगरपालिका वडा नं.७ बगबिरा टोलका दाना लाल यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
जाहेरवाला बिजय नारायण कापैरको भाई गंगाराम कापैरलाई सोही ठाउँका मकैया भन्ने सचिव कुमार सदा , बिजय कुमार यादव र दानालाल यादव समेतले मिति २०६२ साल तिर कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतको मिति २०७३।०१।२२ गते फैसलाले जन्म कैद २० बर्ष कैद ठहर भई फरार रहेका यादवलाई गाउँ घरमा नै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यता पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराउदा कैद भुक्तानको लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता माधव प्रसाद काफलेले जानकारी दिनुभयो ।