सप्तरी ,४ मङ्सिर । सप्तरी निर्वाचन क्षेत्र न. २ का साँसद एव पुर्व उपप्रधानमन्त्री तथाजनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशकाे विकासमा युवा शक्तिकाे अहम भुमिका निवाृह गर्नुपर्ने बताउनुभयो ।जनता समाजवादि पार्टी युवा कमिटिले छठ पर्वकाे अवसरमा राजविराजमा हिजो आयाेजना गरेकाे शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख आतिथ्यकाे आसन्नबाट बाेल्नुहुदै उहाले साे कुरा बताउनुभएको हाे । जिल्ला समन्वय समिती सप्तरीको सभा हलमा छठ तथा सामा चकेवा पर्वकाे अवसरमा शुभकामना आदान प्रदान तथा युवा पार्टी प्रवेश कार्यकममा उहाले युवा शक्ति नै देश विकासकाे मेरुदण्ड भएकाले युवाहरुलाइ विकास निर्माणमा पनि एक जुट हुन अनुराेध गर्नुभएको छ । साेहि कार्यक्रममा विशिष्ट अतिथि प्रदेश न. २ का सामाजिक विकास मन्त्री नवलकिशाेर साह रामवावुले विकास निर्माण कार्यमा पनि युवाहरुले अहम भुमिका खेल्नुपर्ने भएकाले केही कुसङघतमा यहाका युवाहरु नशालु पदार्थ सेवन तर्फ अग्रसर देखिएकाले यसतर्फ युवाहरु पनि सचेत र जागरुक हुनु पर्नेमा जाेड दिनुभयाे । युवा संघ का अध्यक्ष.शिबम यादवकाे अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव ,उपमेयर शाधना झा , रा.स.सदस्य मृगेन्द्र कु सिंह यादव, रा.स.सदस्य शेखर सिंह , पुर्व मन्त्रि रेणु यादव ,राज्य मन्त्रि योगेन्द्र राय यादव,बाेदे बसाइन नगरपालिका मेयर आतेश सिह यादव ,तिलाठि काेइलाडि गाउपालिका अध्यक्ष सतिश सिह ,विघार्थि नेता किशाेर यादव केसि ,युवा नेता उमेश साह ,लक्ष्मण यादव , शम्भु कु यादव ,अमृत साफि ,दिनेश कुमार यादव ,राजेश राय ,जय नारायण यादव ,विशाल यादव लगायतकाहरुले आ आफनाे शुभकामना मन्तव्य ब्यक्त गरेकाे थियाे । साेहि कार्यक्रममा जिल्लाकाे विभिन्न नगरपालिका तथा गाउपालिकाबाट झन्डै हजाराे युवाहरु समाजवादि जनता पार्टीमा प्रवेश गरेका छन ।