शुभनारायण यादव,
राजविराज, १२ भाद्र ।
अधिकांश बसबिसौनीमा सार्वजनिक शौचालय नहुँदा सप्तरीमा यात्रुहरूले सास्ती खेपिरहेका छन् । सप्तरीको हनुमाननगर,भारदह,रुपनी,कठौना,राजविराज,कञ्चनपुर,लगायतको बसबिसौनीमा सार्वजनिक शौचालय नहुँदा यात्रुहरूले सास्ती खेपिरहेका छन् । दैनिक सयौको संख्यामा आवतजावत हुने स्थानमा सौचालयको ब्यबस्था नहँुदा यात्रुहरूलाई शौचालय जान सास्ती भएको हो ।
बसबिसौनी बजार एरिया रहेको ठाउँमा रहेकोले सार्वजनिक शौचालय नहुँदा बाहिरबाट आउने यात्रुले खुल्ला ठाउँमा दिशा पिसाव गर्न बाध्य भएको स्थानीयले बताएका छन् । बसबिसौनी ब्यस्त चौकमा सार्वजनिक शौचालय नहँुदा सर्वसाधारणहरु लाज पचाएर खुल्ला क्षेत्रमा पिसाव गरेको दृश्य यत्रतत्र देखिएका हुन्छ ।
बसबिसौनी ठाउँमा सार्वजनिक शौचालय नहँुदा खुल्ला चौरीमा गएर दिशा पिसाब गर्न बाध्यता रहेको सर्वसाधारण बताउँछन । बसबिसौनीमा सर्वसाधारणको भीडभाड हुने ठाउँमा सार्वजनिक शौचालयको ब्यबस्था नहुँदा दिशा पिसाब गर्न निकै कष्ट खेप्नु परेको यात्रुहरुको गुनासो रहेको छ ।
सार्वजनिक शौचालय निर्माणका लागि पालिकालाई पटक–पटक भन्दा पनि सुनुवाई नभएको स्थानीयहरुले गुनासो गरेका छन । वडा अध्यक्षदेखि नगर प्रमुख सम्मलाई शौचालयको बिषयमा धैरैपल्ट ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको स्थानीयहरु दुखेसो सुनाउँछन् ।