शुभ नारायण यादव सप्तरी ,१२ भदौ ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा न. ७ स्थित कट्टीमा रहेकाे संगीता कृषि फर्ममा गएराति दुई वजे घुरवाट आगलागी हुदा दस लाखकाे क्षति भएकाे छ ।
संगीता कृषि फर्ममा राति अचानक घुरवाट आगलागी हुदा दुईवटा घर , एक हजार दुई सय कुखुरा ,पानी तान्ने माेटर १थान,भवलेटर १ थान ,पंखा १२ थान ,कुखुराका दाना, ६० हजार नगद लगायत दस लाखकाे समानहरु जलेर नष्ट भएका छन । यता आगलागी हुदा वाटाे नभएका कारण आगाे निभाउन वारुणयन्त्र आउन नसकिएको भने कृषि फर्मका संचालक चन्द्रभूषन कुमार सिहले (राजन)जानकारी दिएका छन् ।