शुभ नारायण यादव,
राजविराज ०९ भाद्र ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका स्थित इनर्वामा बुधवार दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङकालिनी वडा न.–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जली कुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । घरदेखि झन्डै २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुबेकी थिइन् । यता मुतकको शव स्वास्थ्य परीक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको तथा घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।