भूपदेव माली,
राजविराज, ०२ भाद्र ।
नेकपा कम्यूनिष्ट पार्टी सप्तरीले स्व. रामसेवक पघैया यादवको १४ औं दिनको पुण्यतिथिको अवसरमा बुधवार एक कार्यक्रम गरी श्रद्धाञ्जली दिएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाका ३, पोर्ताहा स्थित निज निवास स्थानमा पार्टीका प्रदेश नं. २ प्रदेश कमिटी सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य शैलेन्द्र चन्द्र झा(बुधन झा) कंचनरुप नपाका मेयर बंसन्त कुमार मिश्र, हकनपा नगर कमिटी संजोयक देवनाथ यादव, लगायतका नेता तथा कार्यकर्ताहरु द्वारा श्रद्धाञ्जली दिएको हो ।
स्व. रामसेवक पघैया यादव लामो कालदेखि नेपाल कम्यूनिष्ट पार्टीमा सक्रिय कार्यकर्ताको रुपमा आफ्नो राजनैतिक छवि बनाउँदै प्रेस चौतारी मातहत रहि पत्रकारिता समेत गर्दै आएका यादवको ह्दयघातका कारण यही श्रावण २३ गते राती १०ः०० बजेतिर निधन भएको थियो ।
स्व. यादवको दुई छोरा, जेठा छोरा सुनिल कुमार यादव, कान्छा छोरा रुपेश कुमार यादव तथा जेठी बुहारी प्रीति यादव, कान्छी बुहारी सोनी यादव र नातिनी प्रवाणी यादव, पत्नि रम्भा सहितलाई स्वान्त्वना दिई स्व. यादवको फोटोमा फूलमाला र अविरले श्रद्धाञ्जली दिएका छन् ।