शुभनारायण यादव,
राजविराज, ०१ भाद्र ।
सप्तरीमा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्युु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका १० बदगामाका २५ वर्षीय बैजु मुखिया यादव रहेका छन ।
सोमवार सोही वडाको केसरी पासवानको बन्दै गरेको घरमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर बैजुको मृत्यु भएको स्थानिय मुकेश मैरताको भनाई छ ।
घरपेटी पासवान अबैध रुपमा विजुलीको तारमा हुक प्रयोग गरी बती बाल्दै आएको तथा घरको कामकाज गर्दै आएको थियो र सोही क्रममा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको हो । मृत्यू पश्चात पासवान फरार भएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
बैजुको अकालमै मृत्यु हुँदा उनकी पत्नी, परिवारजन लगायत स्थानियहरु पुर्ण रुपमा शोकमा डुबेका छन् ।
यसरीनै खडक नगरपालिका वडा न.३ मा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्युु भएको छ । मृत्युु हुनेमा जिल्लाको खडक नगरपालिका वडा न.३ बनरझुलाका मन्जय ठाकुर हजामका २१ बर्षिय छोरा सन्तोष कुमार ठाकुरको पोखरीमा डुबेर मृत्युु भएको हो । घरदेखि झण्डै १५० मिटर टाढा पश्चिम सत्यनारायण चोधरीको आपको बगैचामा माछा मार्ने क्रममा डुबेर सख्त घाइते ठाकुरको उपचारको लागि युनिक अस्पताल रायपुरमा ल्याउदे गर्दा बिच बाटोमे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।